बुधबार, साउन २७, २०८३

सामुहिक बलात्कारपछि पैसामा मिलापत्र !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– मोरङको रंगेलीमा सुस्तमनस्थितिकी किशोरी बलात्कृत भएको घटना पैसाको लेनदेन गरी दबाउने प्रयास भएको छ। 

प्रहरीले घटनाका बारेमा थाहा पाएपछि लेनदेन रोकिएको हो। १६ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको घटना २४ दिनसम्म पीडित पक्षलाई लेनदेनको लोभ देखाएर गुपचुप राखिएको हो।

गाउँका अगुवा र भद्रभलाद्मीले बलात्कारपीडित बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिने भन्दै ढाकछोपको प्रयास गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए । 

घटना गत असार २० गतेको हो। किशोरीलाई रंगेली नगरपालिका ९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। 

घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको कार्कीको भनाई छ। पैसा लेनदेन हुनुअघि नै थाहा पाएका कारण अनुसन्धानको दायरामा ल्याइएको कार्कीले जानकारी दिए। 

अन्नपूर्ण पोस्टका अनुसार घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन्। चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।