शनिबार, जेठ २, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
१. चिनियाँ सरकारका प्रवक्ता युङ ग्याङ्गले हङकङ्का जनताले कानुनी राज्य र अमन चयन चाहेको बताएका छन्। त्यसका लागि चिनियाँ सरकारले आवश्यक कार्य गरिरहेको बताइएको छ।   

२. ईरान परमाणु सम्झौताका बाँकी रहेका सबै हस्ताक्षरकर्ता पक्षहरुले उक्त सम्झौताको औपचारिकता एवं वैधानिकता अझै रहिरहेको प्रष्ट्याएका छन्। 
Image result for iran nuclear deal jcpoa
३. अमेरिकाको न्यू योर्क शहरमा गतराति भएको अन्धाधुन्द गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै एघार जना घाइते भएको अधिकारीहरुले बताएका छन्। 

४. सरकारको एउटा सडक बिस्तार गर्ने योजना सार्वजनिक भएपछि माल्टाका जनताले सडक प्रदर्शन शुरु गरेका छन्। 

५. वर्तमान अफगानी राष्ट्रपति अस्रफ घानीका चुनावी प्रतिद्वन्द्वीको घरमा गराइएको बम बिस्फोट प्रति पाकिस्तानले घोर भ्रत्सर्ना गरेको छ। 

६. बमवर्षक ड्रोनहरुको प्रयोग गरी दक्षिण–पश्चिम साउदी अरेबियाको आभा विमानस्थलमा ताजा हमला गरिएको यमनका हुथी विद्रोहीहरुले जनाएका छन्। 

७. पाकिस्तानको सियालकोटस्थित एक हजार वर्ष पुरानो एक हिन्दू मन्दिरलाई पाक सरकारले सर्वसाधारणका लागि खुला गरिदिएको छ। यो मन्दिर बिगत ७२ वर्षदेखि यता बन्द अवस्थामा रहेको थियो। 

८. चिनियाँ मोबाइल कम्पनी हुवाबेइका प्रवक्ताले पट्याएर राख्न मिल्ने फोल्डेबल मेट एक्स स्मार्टफोनको निर्माणको अन्तिम स्वरुपलाई मुर्तरुप दिँदै गरेको बताएका छन्। 

९. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अन्तरर्राष्ट्रिय बाघ दिवसका अवसरमा बेलायती जीवन रक्षा विज्ञ बेयर ग्रिल्ससंग मुलुकका विभिन्न स्थानको भ्रमण गरेका छन्। 

१०. ईन्डोनेसियन राष्ट्रपति जोको विडोडोले अनर्गलरुपमा प्रचार गरिएबमोजिम आफ्नो मुलुकमा कुनै पनि प्रकारको मुस्लिम अतिवादको अस्तित्व नरहेको जनाएका छन्। उक्त कुरा उनले एउटा अन्तर्राष्ट्रिय टेलिभिजनसंगको अन्तवार्ताका क्रममा बताएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।