बुधबार, साउन २७, २०८३

नक्कली नोटसहित २ भारतीय पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- धनगढी बजारमा सुन किन्दै गरेको अवस्थामा नक्कली भारतीय नोटसहित दुई भारतीय पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१ हुलाक नजिकबाट चालिस हजार नौ सय नक्कली रुपैयासहित दुई जना पक्राउ परेका हुन्। 

जिल्ला प्रहारी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले एक सयका नोटसहित भारत लख्खिमपुर खिरी बस्ने २२ वर्षीय सुरजित सिंह र २३ वर्षीय श्रवण सिंह पक्राउ परेको जानकारी दिए।

उनीहरुले एक सुन पसलमा सुन किन्ने नक्कली नोट दिएपछि व्यापारीले प्रहरीलाई खवर गरेका थिए।

उनीहरुले उक्त नक्कली नोट भारतीय एक व्यक्तिले दिएको बताएको र त्यसबारे अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए।

उनीहरु बिरुद्ध प्रहरीले खोटा मुद्धा अपचलनको मुद्दा चलाएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।