बुधबार, साउन २७, २०८३

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले गएको बैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको छ ।  

बोर्डका अनुसार यसपटक १२ कक्षाको परीक्षामा सबैभन्दा माथिल्लो स्तरको जीपीए (३.६१ देखि ४.०० जीपीए) प्राप्त गर्ने विद्यार्थी संख्या  ३ हजार ६७ छ ।  त्यस्तै ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थी १६ हजार २०४ जना छन् । 

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षामा सहभागी नियमित तर्फका २ लाख ९२ हजार १५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । 

बोर्डका अनुसार ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५६ हजार ५०३ छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या भने ८६ हजार २२७ छ । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६१९ जना छन् ।

त्यस्तै १.२१ देखि १.१६० प्राप्त गर्ने विद्यार्थीको संख्या १९ हजार छ भने ०.८१ देखि १.२० ल्याउने विद्यार्थी ३ हजार ५२४ जना छन् । सबैभन्दा कम स्तरको ०.०० देखि ०.८० ल्याउने विद्यार्थीको संख्या भने १३ हजार ३६२ छ । 

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल ४ लाख २८ हजार ६७ विद्यार्थी सहभागी थिए । बोर्डले गतवर्षदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो । 


यसरी हेर्न सकिन्छ नतिजा 
 
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नतिजा सार्वजनिक भैसकेपछि  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.hseb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।