बुधबार, साउन २७, २०८३

'भ्रष्टाचारी नेताले आत्महत्या गर्ने दिन आउँदैछ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले आत्महत्या गरेको भन्दै अब राजनीतिक दलका ठूला नेताले पनि आत्महत्या गर्ने दिन आउन सक्ने बताएका छन्।

नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसकेको हुनेथियो भन्दै उनले भ्रष्टाचारकै कारण मुलुकको बिकासले गति लिन नसकेको बताए।‘भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले त आत्महत्या गरे अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ।’ उनले भने।

बुटवलमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले काग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भइरहेका भ्रष्टाचारलाई लुकाई रहेको र स्वीकार नगरेको भन्दै भण्डारीले वाइडबढी,बालुवाटार,बुढीगण्डकी,एनसेल लगायतका काण्डका दोषिलाई कारबाही गर्नैपर्ने बताए।

‘कांग्रेसका चिरञ्जिवी बोग्ले, गोबिन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगी सके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइडबडी स्वीकार गर्न तयार हुनुहुन्न बाहाना बनाई रहनु भएको छ,दोषीहरु चुपचाप घुमीरहेको छन्।’, उनले भने।

सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने उनले बताए। ५ वर्षसम्म अहिलेकै नेतृत्वको सरकारलाई चलाउन दिनुपर्ने भण्डारीको भनाइ छ।

भण्डारीले केपी ओली नेतृत्वको सरकारका सबै पखेटाहरुमा खिया लागि सकेको टिप्पणी समेत गरे। ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रबाद छर्लङ्ग भएको भन्दै नेता भण्डारीले भने- ‘ओली जी ले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको थियो, त्यो पाँच वर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्ने छन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।