मंगलबार, चैत ३, २०८२

मोदी डिस्कोभरी च्यानलको साहसिक कार्यक्रममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटा साहसिक कार्यक्रममा देखिने भएका छन्।

डिस्कोभरी च्यानलको चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा प्रधानमन्त्री मादी देखिने भएका हुन्।

मोदीले प्रस्तोता बियर ग्रेल्सको कार्यक्रमको ट्रेलर ट्वीटरबाट सार्वजनिक गरेका छन्।

मोदी सहभागी हुने ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रम आगामी १२ अगस्टमा बेलुका ९ बजे डिस्कोभरी च्यानलबाट प्रसारण हुनेछ।

भारतमा वातावरणको प्रवर्द्धन र पशुपन्छी संरक्षणका लागि मोदीले ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रममा सहभागिता जनाउन लागेका हुन्।

ग्रेल्सका अनुसार विश्वभरिका  १ सय ८० देशका मानिसले प्रधानमन्त्री मोदीको नदेखिएको पक्ष देख्नेछन् यसले वातावरणको प्रवर्द्धन तथा पशुपन्छीको संरक्षणमा जनचेतना फैलाउने छ।

मोदीले ग्रेल्सलाई भारत आएकोमा धन्यवाद दिँदै त्यो कार्यक्रम हेरेर भारतका विभिन्न क्षेत्र भ्रमण गर्न पर्यटक आउने आशा व्यक्त गरेका छन्।

यसअघि गत फेब्रुअरी १४ मा भारत प्रशासित कस्मिरमा आतंकवादी हमला भएको थियो। उक्त हमलामा परी ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए।

सोही घटनापछि भारत–पाकिस्तान सम्बन्धमा तिक्तता बढेको थियो। सो दिन मोदीले म्यान भर्सेस वाइल्डको छायांकन गरिरहेका थिए।

मोदीले ‘म्यान भर्सेस वाइल्ड’ ट्रेलर सेयर गरेपछि सो विषय फेरि भारतमा बल्झिएको छ। 

विपक्षी कांग्रेस नेताहरूले आक्रमण भएको घन्टौंसम्म पनि प्रधानमन्त्री मोदी सुटिङमा व्यस्त भएको आरोप लगाएका थिए।

अहिले ट्रेलर आउँदा मोदी त्यो दिन छायांकनमै थिए भन्ने कुरामा थप बल पुगेको छ।


कार्यक्रम प्रस्तोता ग्रेल्सले जनवरी २६ मा भारतमा कार्यक्रम सुटिङ हुन लागेको जानकारी ट्वीटरमा दिएका थिए भने फेब्रुअरीमा १२ मा उनले भारत आउन प्लेन चढेको सेल्फी पोष्ट गरेका थिए। पछि यी दुबै ट्वीट हटाइएको थियो।

सत्तारूढ भारतीय जनता पार्टीले भने त्यो दिन मोदी कार्यक्रमको सुटिङमा थिए भन्ने कुरालाई अस्वीकार गरेको छ। कार्यक्रमको सुटिङ बिहान सकिएको र आक्रमणका बेला प्रधानमन्त्री फर्किसकेको भाजपाले दाबी गरेको छ। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।