बुधबार, साउन २७, २०८३

नेप्सेमा ३.१८ अंकको सुधार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिपछि लगातार दुई कारोबार दिनसम्म दोहोरो अंकले घटेको सेयर बजार सोमबार ३.१८ अंकले सुधार भएको छ। 

बजार सुधार हुने संकेत देखिएपछि बजार बढेपछि आफूसँग भएको सेयर विक्रि गर्ने सोच बनाएर लगानीकर्ताले सेयर होल्ड गर्दा बजारमा जम्मा ३५ करोडको मात्र कारोबार भएको छ।

यसदिन १६६ वटा कम्पनीको कारोबार हुदा ८० कम्पनीको मूल्य बढेको छ भने ४२ वटाको घटेको छ।

बजारमा कम्पनी विष्लेषण गरेर लगानी गर्ने भन्दा हल्लाको भरमा लगानी गर्नेहरु बढी हुँदा बजार ओरालो लागेको हो। बजारमा मौद्रिक नीतिले नकारात्मक असर पार्ने हल्ला फेलदा लगानीकर्ताहरु अत्तालिएर सेयर विक्रि गर्दा बजार ओरालो लागेको हो। 

नेप्सेमा सूचीकृत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। यतिवेला कम्पनीको वित्तिय विवरण हेरेर कति लाभांश दिन सक्छ त्यसको गणना गरेर नाफा बुक गर्नको लागि पनि सेयरको माग बढ्नुपर्नेमा घटेर बजार ओरालो लागेको थियो।

यसदिन युनाइटेड इन्स्योरेन्स कम्पनी, प्रभु बैंक, साना किसान विकास बैंक, शिवम् सिमेन्ट लगायत कम्पनीको बढी कारोबार भएको छ।

त्यस्तै यसदिन नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै सिर्जना फाइनान्स र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै १० प्रतिशतले बढेको छ।

यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा जोशी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लगायतका लगानीकर्ताहरु रहेका छन्। सोमबार उत्पादन तथा प्रसोधन, जीवन बीमा र म्युचुअल फण्डको सूचक बाहेक सम्पूर्ण सूचक बढेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।