मंगलबार, असार २३, २०८३

जो रुटको छैटौं सतकमा इन्डियामाथि भारी पर्‍यो इंग्ल्यान्ड

७८ रनमै अल आउट गराएको इन्डियामाथि घरेलु टिम इंग्ल्यान्डले पहिलो इनिङमा आठ विकेट गुमाउँदै ४२३ रन बनाएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– ७८ रनमै अल आउट गराएको इन्डियामाथि घरेलु टिम इंग्ल्यान्डले पहिलो इनिङमा आठ विकेट गुमाउँदै ४२३ रन बनाएको छ।

इंग्ल्यान्डको लिड्स रंगशालामा दोस्रो दिनको खेल सकिँदा उसले आठ विकेटको क्षतिमा ४२३ रन बनाएको हो।

इन्डियाविरुद्ध फराकिलो रन जोड्ने क्रममा कप्तान जो रुटले १२१ रन को सतकिय पारी खेलेका छन्। १६५ बलमा १२१ रन जोडेका उनलाई इन्डियान बलर जसप्रित बुमराहले आउट गराएका थिए।

यनले यो टेस्ट सिरिजमा तेस्रो सतक प्रहार गरेका हुन्। त्यस्तै उनले यो वर्ष ६ पटक सतक पुरा गरिसकेका छन्। यद्यपी दोस्रो टेस्टमा इंग्ल्यान्डले इन्डियामाथि हार बेहोरेको थियो।

कप्तान रुटले खेलमा १४ चौकासमेत प्रहार गरे। इंग्ल्यान्डका लागि रोरी बर्नसले ६१, असिब हमिदले ६८, डेविड मलनले ७० रन बनाए भने जोन्नी बेयरिस्टोले २९ रन बनाए। अहिले केइराग ओभरटोन र ओलिए रोबिन्सन मैदानमा छन्।

इन्डियाका मेहम्मद शामीले तीन विकेट लिएका छन् भने मोहम्मद सिरज र रविन्द्र जाडेजाले समान २–२ विकेट गिराएका छन्।

त्यस्तै, टस जितेर ब्याटिङ रोजेको इन्डियाले पहिलो इनिङमा घरेलु बलरसामू कमजोर सावित हुँदै ४० ओभर चार बलममा ७८ रन बनाएर अलआउट भएको थियो।

इंग्ल्यान्डका जेम्स एन्डरसन र केइरग ओभरटोनले समान ३–३ विकेट गिराए भने ओलीए रोबिन्सन र साम कुरनले समान २–२ विकेट लिए।

इंग्ल्यान्डका कसिला बलरमाझ इन्डियाका के एल राहुल, मोहम्मद शामी र जसप्रिमत बुमरा शून्य रनमै आउट भए। त्यसबाहेक चेतेश्वर पुजरा, रिषभ पन्त, मोहम्मद सिरज र रविन्द्र जाडेजाले क्रमश १, २, ३ र ४ रन बनाए। अन्य खेलाडीले पनि सम्झालायक प्रदर्शन गरेनन्।

पहिलो दिनमै ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनमा विना विकेट क्षतिमा १२० रन बनाएको थियो।

अहिले इंग्ल्यान्ड ३४५ रनले अघि छ। तेस्रो दिनको खेल आज(शुक्रबार) पौने तीन बजेबाट सुरु हुनेछ।

प्रकाशित: Aug 27, 2021| 08:21 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।