बुधबार, साउन २७, २०८३

लागु औषधसहित १४ जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागु औषध सहित १४ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको नागर्जुन नगरपालिका–४ बाफलस्थित चन्द्रागिरी नगरपालिका–६ घर भएका २४ वर्षीय सुजन खड्का सहित २ जना रहेका छन्। उनीहरुको साथबाट नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल  बरामद भएको छ।

यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१० स्थित मुस्कान अटो ग्यारेज संचालक २४ वर्षीय मनु राई  २ ग्राम २ सय मिलिग्राम  ब्राउनसुगर सहित  पक्राउ परेका छन्। 

त्यस्तै स्याङजा, वालिङ नगरपालिका–१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका–५ का २६ वर्षीय भिम बहादुर सेन सहित ४ जना १६.५ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।  

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख १२६७ नम्बरको बस जाँच गर्ने  उनीहरु पक्राउ परेका हुन्।

मोरङको  केराबारी गाउँपालिका–१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवाससहित ५ जना  गाजासहित पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले १ केजी २ सय ५० ग्राम  गाँजासहित आइतबार राति उनीहरुलाई  पक्राउ गरेको हो।  

बारा, जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भारतीय नागरिक ३२ वर्षीय सलमगिर देवानको साथबाट ४ केजी गाँजा बरामद भएको छ।  

यस्तै, सुनसरीको बर्जु गाउँपालिका–३ केशलिया खोला नजिकबाट भारतीय नागरिक २० वर्षीय बिकेश कुमार १२ केजी गाँजा सहित पक्राउ परेका छन्। 

लागु औषध सहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान  भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।