बुधबार, साउन २७, २०८३

कांग्रेस र राजपाले गरे संसद अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।

सर्लाही घटनाको संसदीय छानविन समिति गठन र मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक लगायतको माग राखी कांग्रेस र राजपाले संसद अवरुद्ध गरेका हुन् । दिउँसो १:१५ बसेको बैठक सुरु हुने बित्तिकै दुवै दलले अवरुद्ध गरेका थिए ।

प्रहरीको गोलीबाट मारिएका सरोजनारायण सिंह र विप्लव समूहका नेता कुमार पौडेलेका घटना छानविनका लागि दुबै दलले संसदीय समितिको माग गर्दै आएको छ। तर, सत्तारुढ दलले संसदीय समिति गठन नगर्ने पक्षमा देखिएको छ।

यसैगरी विगत एक वर्षदेखि राजपाले मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले सरकारलाई तीन पटक रुलिङ्ग गरिसकेको छ। तर पनि सरकारले प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपा आक्रोसित बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।