बुधबार, साउन २७, २०८३

सिरहामा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिरहा- सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर गाउँमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु भएको छ।

स्थानीय विमल यादवका १० वर्षीय छोरा दिपक र सात वर्षीया छोरी नन्दनीको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो । 

बिहान करिब ११ बजेतिर खेल्न निस्किएका दाजु बहिनी बेलुकासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

त्यसअघि आइतबार अपराह्न नै सिरहा नगरपालिका–३ मखनाहामा बाढीको पानी जमेको खाल्डोमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।