बुधबार, साउन २७, २०८३

फेरि चिर्पटले हानेर छोराले गरे बाबुको हत्या    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीमा एक छोराले चिर्पटले हानेर बाबुको हत्या गरेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–५ र्बबाटामा आइतबार राति छोरोले दाउराको चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका हुन् । 

३० बर्षका छोरा राम सिंह कुमालले दाउराको चिर्पट प्रहार गर्दा आफ्नै बुवा ६० वर्षीय अम्मर सिह कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा समान्य घरायसि विवाद भएपछि छोरोले बुवामाथि चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारवाट गम्भिर घाईते भएका  कुमालको सेती अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । बाबुको हत्या गरी फरार रहेका रामसिंहलाई दुई घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरिले जानकारी दिए ।

हत्या गरी फरार रहेका उनलाई गोदावरी नगरपालिका-१ को धनगढी रोडको सब्जीमण्डी नजिकै लुकेर बसेको अबस्थामा पक्राउ गरिएको उनले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । केही दिन पहिले पनि घोडाघोडी नगरपालिकामा एक छोराले चिर्पट प्रहार गरि बाबुको हत्या गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।