बुधबार, साउन २७, २०८३

आज बाघ दिवस : यस्तो छ बाघको अवस्था

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज विश्व बाघ दिवस ।  ‘पर्यापयर्टन प्रवद्र्धनका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी दिवस मनाइँदै छ । 

 दिवसको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बर्दियामा विशेष कार्यक्रम गरिदैँछ भने पर्सा, चितवन लगायतका ठाउँमा पनि कार्यक्रम आयोजना गरिएको छ । 

सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको बाघ सम्मेलन सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको सङ्ख्या दोब्बर बनाउने घोषणा गरेको थियो । त्यही बेलादेखि अंग्रेजी पात्रो अनुसारको जुलाई २९ मा विश्व बाघ दिवस मनाउन थालिएको हो ।

यस्तो छ बाघको अवस्था

पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ वटा छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । 

बाघ बढेसँगै बाघ पाइने क्षेत्र विस्तार गरिएको छ । जसअनुसार सन् २०१० मा चारवटा मात्र बाघ रहेको पर्सा निकुञ्जमा यतिबेला १८ वटा बाघ छन् । बाघको संख्या बढेकैले आरक्षबाट निकुञ्जमा परिणत गरी क्षेत्र विस्तार गरिएको छ । 

पाटेबाघको संख्या सबैभन्दा बढी भारतमा रहेको बताइन्छ । एसियाभर पाटेबाघको संख्या करिब चार हजार छ ।

बाघ घना जङ्गलमा रमाउँछ तर नेपालमा जङ्गल पातलिँदै गएसँगै गाउँपस्ने समस्या बढ्दै गएको छ । जंगल पातलिँदै जानु नै बाघ संरक्षणमा सबैभन्दा ठूलो चुनौती रहेको संरक्षणविद्हरू बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।