बुधबार, साउन २७, २०८३

कक्षा १२ को नतिजा आज : यसरी हेर्नुस नतिजा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- गत बैशाखमा सञ्चालन भएको कक्षा १२ को परिक्षाको नतिजा तीन महिनापछि आज सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डले सोमबार (आज) बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ ।

आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको शुद्धता परीक्षण गरिएको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । 

अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो ।दुई वर्षअघिसम्म साइन्स समुहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो । 

यस वर्ष कक्षा १२ को परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते सकिएको थियो । जसमा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी थिए । राष्ट्रिय परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका विद्यार्थी परिक्षामा सामेल छन् । 

यसरी हेर्न सकिन्छ नतिजा 
 
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नतिजा सार्वजनिक भैसकेपछि  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।