शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. चिनियाँ पूर्व प्रधानमन्त्री लि पेङको एक राष्ट्रिय समारोहबीच अन्तिम श्रद्धाञ्जली सम्पन्न भएको छ ।

२. सोमालील्याण्डमा भएका आन्तरिक द्वन्द्व र स्वायत्तताबारे विवादलाई टुंग्याउन संयुक्त राष्ट्र संघका प्रतिनिधिले वार्ताको आह्वान गरका छन् ।

३. आवश्यकता परे आफ्नो इच्छाअनुसारको सबै प्रकारका हतियार परीक्षण गर्नसक्ने ईरानले बताएको छ ।

४. अफगानी राष्ट्रपतीय निर्वाचनको औपचारिक प्रचार अभियान सुरु भएको छ ।

५. आउँदो जी–सेभेन शिखर बैठकमा फ्रान्सले प्रस्ताव गरेको ‘युनिर्भसल ट्याक्सेशन’ प्रणाली डिजिटल गतिविधिमा समाविष्ट गरी विश्वव्यापी करप्रणालीलाई एकरुपता दिने फ्रान्सेली वित्तमन्त्रीले जनाएका छन् ।

६. अफ्रिकी राष्ट्र मलावीमा इबोला भाइरस नियन्त्रणका लागि बेलायती विकास सहयोग नियोगको सहयोग पुगेको छ ।

७. चिनियाँ राष्ट्रिय जल तथा मौसम विभागले उच्च तापक्रमको जनाउ रंग सुन्तला रंग राख्ने निर्णय गरेको छ ।

८. जाम्बियाका विभिन्न विषयका विज्ञहरुले आधुनिक विश्वलाई विकासको मार्गदर्शन गर्न विकासका चिनियाँ मोडेल उपयुक्त भएको बताएका छन् ।

९. भारतीय अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी मेरी कोमले २३ औं राष्ट्रपतीय कपमा कब्जा जमाएकी छन् ।

१०. भारतको कर्णाटक प्रान्तका विधानसभा प्रमुखले भर्खरै तीनजना विधायकहरुलाई अयोग्य घोषणा गरेलगत्तै आइतबार अरु १४ जनालाई तत्कालै लागू हुनेगरी अयोग्य घोषणा गरिदिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।