बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहेकै दिन भागेकी बेहुलीको हत्या गर्ने प्रेमी पक्राउ 

बिहेकै दिन भागेकी बेहुलीको हत्या गर्ने प्रेमी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बिवाहको दिन बेहुली भागेपछि आफ्नो बेइज्यत भएको भन्दै बेहुलीको हत्या गर्ने काभ्रेपलाञ्चोक रोशी गाँउपालिका-३ राजेश लामालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

लामालाई ब्युरोको टोलीले शुक्रबार सानेपाबाट पक्राउ गरेको हो। ०६४ पुस २७ गते लामाले मकवानपुर फापरबारी-२ स्थायी घर भएकी २२ वर्षीय (तत्कालीन अवस्थामा) प्रेमिका सुनिता लामालाई ललितपुर इमाडोल- १५ स्थित उनकै डेरामा छुरा प्रहार गरि हत्या गरेका थिए। 

२०६४ साल मंसिरको १७ र १८ गते बिवाहको मिति तय भएपछि सुनिता राजेशसँग सम्पर्कै विच्छेद गरी डेराबाट भागेकी थिइन। बिवाहको मिति तय भैसकेको र रद्द हुँदा आफ्नो बेइज्यत भएको भन्दै राजेशले प्रेमिका सुनितालाई हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

कोही नभएको मौका पारी सुनिताको डेरामा पुगेका राजेशले धारीलो छुरा प्रहार गरी फरार भएका थिए।

अभियुक्त लामा प्रेमिकाको हत्यापछि प्रहरीसँग बच्न हेटौडा पुगेर होटलमा काम गदै आएका थिए। उनी पछिल्लो समय काठमाडौंमा घरमा पेन्टरको काम गर्दै आएको अवस्थामा प्रहरीले सानेपाबाट पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।