मंगलबार, असार २३, २०८३

च्याम्पियन्स लिगमा सबैभन्दा पेचिलो उमूह ‘बी’

युरोपियन च्याम्पियन्स लिग फुटबलको ड्र बिहीबार राति सार्वजनिक गरिएको छ। जसमा सम्मिलित समूह बी तुलनात्मक रूपमा सबैभन्दा पेचिलो समूह बनेको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलको ड्र बिहीबार राति सार्वजनिक गरिएको छ। जसमा सम्मिलित समूह बी तुलनात्मक रूपमा सबैभन्दा पेचिलो समूह बनेको छ।

युरोपेली फुटबलको शीर्ष निकाय यूईएफएमा सम्पन्न सिजन २०२१–२२ को ड्र सार्वजनिक गरिएको हो।

सो ड्रको समूह बी मा एट्लेटिको मड्रिड र लिभरपुल पोर्टो एसी मिलान एकै समूहमा छन्।

त्यस्तैस्पेनिस क्लब बार्सिलोना र बार्यन एकै समूहमा परेका छन्। यता अरबी मालिकहरूको दुई बलिया टिम म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन एकै समूहमा रहेका छन्। सिटी साविक उपविजेता हो भने पीएसजी २०१९–२० को उपविजेता हो। डिफेन्डिङ च्याम्पियन चेल्सी भने समूह एचमा छ।

कुन समूहमा कुन टिम? 

समूह ए : म्यानचेष्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी), आरबी लाइपजिग, क्लब ब्रुग

समूह बी : एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

समूह सी : स्पोर्टिङ सिएफ, बोरुसिया डर्टमन्ड, आयाक्स, बेसिकटास

समूह डी : इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेस्क, सेरिफ

समूह ई : बार्यन म्युनिख, बार्सिलोना, बेनफिका, डिनामो किभ

समूह एफ : भियारियाल, म्यानचेष्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज

समूह जी : लिल, सेभिया, साल्जवर्ग, वल्फ्सवर्ग

समूह एच : चेल्सी, युभेन्ट्स, जेनिथ, माल्मो

प्रकाशित: Aug 27, 2021| 07:52 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।