बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठक फेरि सर्‍यो, स्कूल विभाग अध्यक्षले राख्न सक्ने 

नेकपा सचिवालय बैठक फेरि सर्‍यो, स्कूल विभाग अध्यक्षले राख्न सक्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  आज, १२ साउनमा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सोमबार तीन बजेसम्मका लागि सरेको छ । 

आजको बैठकले नेकपाका केही विभागमा नेतृत्वको टुंगो लगाउने तयारी गरिएको थियो । नेकपाका ३२ वटा केन्द्रीय विभागमध्ये अन्य विभागहरुको नेतृत्वमा सहमति भए पनि स्कूल विभागमा विवाद भइरहँदा केन्द्रीय सचिवालय बैठक सर्दै आएको हो ।

स्कूल विभागको नेतृत्वका लागि चर्चामा आएका धेरै नामहरुमध्ये सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा छ । दुबै नेताले दाबी नछोड्ने भएपछि हालका लागि स्कूल विभागको नेतृत्व नेकपाका दुई अध्यक्षमध्ये कुनै एकले लिने आन्तरिक तयारी गरेको बुझिएको छ ।

त्यस्तै नेकपामा नेतृत्वका लागि सहमति  भएका तीनवटा आयोगमध्ये दुई आयोग पूर्वएमाले समूह र एउटा पूर्वमाओवादी समूहले पाउने समझदारी भएको छ । यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् ।  

नेकपा स्रोत अनुसार अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ ।   
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।