बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्कुल विभाग अध्यक्षले नै राख्ने, अन्य विभागको घोषणा आज

स्कुल विभाग अध्यक्षले नै राख्ने, अन्य विभागको घोषणा आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले सहमति भएका केही विभागको आज टुंगो लगाउने भएको छ।  

यसका लागि ३२ वटा केन्द्रीय विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्न लागेको छ । यद्यपी स्कुल बिभागको नेतृत्वका बारेमा विवाद भएपछि बैठक सर्दै आएको छ।

स्कूल विभागको नेतृत्वमा गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुई नेताको दावी भएपछि दुई अध्यक्ष मध्ये एकले स्कुल बिभागको नेतृत्व लिने आन्तरिक तयारी छ। 
तीन वटा आयोगमा भने सहमति जुटेको उच्चस्रोतले जानकारी दियो। 

तीनवटा आयोगमध्ये दुई अध्यक्ष पूर्वएमाले र एउटा पूर्वमाओवादीले पाउने समझदारी भएको छ । यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् । 

अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । आजै यसको घोषणा हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।