बुधबार, साउन २७, २०८३

गुल्मीमा फेरि पहिरोले घर बगायो : १ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गुल्मी- गुल्मीमा फेरि पहिरो गएको छ । कालीगण्डकी गाउँपालिका–७ छापचौरमा शनिबार राति पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । 

शनिबार रातिको वर्षाले छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षीय चुन्ने परियारको मृत्यु भएको हो । पहिरोले पुरिएर सोही परिवारका पाँच घाइते भएका छन् ।

अन्य केहि व्यक्ति हराइरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको खोजीका लागि पुर्तिघाट र भुर्तुङ प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए । 

गत साता गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो जादा ११ जनाको मृत्यु भएको थियो । वडा नं ४ लिम्घामा ३ घर बग्दा ८ जनाले मृत्यु भएको थियो भने गाउँपालिकाको वडा नम्बर ३ मा ३ जनाको ज्यान गएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।