मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. फिलिपिन्सको सुदूर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन्।

उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन्। बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिसहरू घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ। 

२. लामो समयसम्म सकसको राजनीतिबाट पीडित बेलायती नेतृ टरिजा मेले बुधबारदेखि प्रधानमन्त्रीका रूपमा औपचारिक विदा लिइन्। जुन उत्साहका साथ उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् त्यही उत्साह काम गर्ने शिलशिलामा उनलाई मिलेन।

प्रधानमन्त्रीका रूपमा मे ले गरेका काम खासगरी बेलायतलाई यूरोपेली यूनियन (इयू) बाट बहिर्गमन गराउने (ब्रेक्जिट) सन्दर्भमा इयूसँग गरेको सम्झौतालाई लिएर उनकै दलबाट असहयोग भयो। 

३. अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ। विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन्। प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरेका छन्।

प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने पनि सवै जना प्रहरी नै रहेका छन्। देशको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा रहेको अबान्ड जिल्लामा घटना भएको नुरीले बताएका छन्।

४. अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ। अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्पले गरेको एक ट्वीटमा सीमा सुरक्षा र विधिको कानूनको ठूलो विजय भएको बताएका छन्। 

क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत पक्षमा र ४ मत विपक्ष परेको बताइएको छ। सर्वोच्च अदालतले क्यालिफोर्नियाका एक न्यायाधीशले सैन्य कोष उपयोग गर्नमा लगाएको रोक लगाउने आदेश उल्टाइदिएको हो। 

५. चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ। सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन्। देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ।

चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको यो तथ्याङ्क सन् २०१८ सम्मको मात्रै हो। निजी विद्यालयहरुमा ५ करोड ३० लाख ७८ हजार विद्यार्थीले पढ्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ। सन् २०१७ को तुलनामा सन् २०१८ मा ५.०३ प्रतिशत विद्यार्थी बढेको अधिकारीहरुले जानकारी दिएका छन्।

६. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चेतावनीका बाबजुद फ्रान्सले डिजिटल कर प्रणालीलाई राष्ट्रभर प्रयोगमा ल्याएको छ। फ्रान्सेली अर्थमन्त्री ब्रोनो मायरेले यो राष्ट्रको निर्णय हो र यसमाथि चेतावनी आए आवश्यक जवाफ दिइने छ भनि सरकारी निर्णयको रक्षा गरेका छन्।

७. पूर्वी गाजामा इजरायली सेनासँगको भिडन्तमा ५६ जना प्यालेस्टाईन प्रदर्शनकारीहरु घाइते भएका छन्।

८. क्युबाले अमेरिकाद्वारा सिर्जित व्यवधानहरुका बाबजुद क्यारेबियन क्षेत्रमा क्युबाका लागि अनुबन्धित पेट्रोलियम पदार्थको आयत गर्ने जहाजहरुलाई सञ्चालन गर्ने निर्णय गरेको छ।

९. टर्की सरकारले सन् २०१६ मा भएको असफल सत्ता विद्रोहको घटनासँग जोडिएका ४४ जना संदिग्ध प्रहरी अधिकृतहरुलाई गिरफ्तार गरी आवश्यक छानबिनका लागि थुनामा राखेको छ।
Image result for turkey government
१०. नवनिर्वाचित बेलायती प्रधानमन्त्री बोरिश जोनसनले बेलायत र अमेरिकाले अहिलेसम्म असमझदारी रहेका आपसी मुद्दाहरुमा निर्णायक छलफलपछि व्यापारसँग सम्बन्धित सबै मुद्दाहरुमा सहमति जुटाउने प्रयत्न गरिरहेका छन्।
Image result for boris johnson
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।