बुधबार, साउन २७, २०८३

पहिरोले गाडी पुरिँदा ३ को मृत्यु, ७ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रसुवा- रसुवाको गोसाईकुण्ड गाउँपालिमा पहिरोले गाडी पुर्दा त्यसमा सवार ३ जनाको मृत्यु भएको छ। पहिरोमा परेर अन्य ७ जना घाइते भएका छन्।

शनिबार गोसाईकुण्ड–२ तातोपानी डाँडाबाट पहिरो खस्दा काठमाडौंबाट जाँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटासुमो गाडी पुरिएको हो। 

माथिबाट झरेको पहिरोले गाडी पुरिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडीमा पुरिएर घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि पठाइएको छ।

प्रहरीले गाडीमा १० जना सवार रहेको र प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।