मंगलबार, चैत ३, २०८२

मुम्बईमा भीषण वर्षा, शहर जलमग्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारत- महाराष्ट्रमा आएको भीषण वर्षाले मुम्बई लगायत अधिकांश शहर डुबानमा परेका छन्। भीषण वर्षापछिको बाढीले थुप्रै यात्रुबाहक रेलहरु प्रभावित भएका छन्।

बदलापुर नजिक महालक्ष्मी एक्सप्रेसको रेल बाढीमा फँसेको छ। करिब ७ सय यात्रु सवार रेलबाट ५ सयको उद्धार गरिसकिएको अधिकारीहरुले जनाएका छन्।

मुम्बईबाट करिब एक सय किलोमिटर टाढा रहेको बदलापुर–वांगनीको बीचमा रेल बाढीमा फँसेको हो। रेलमा फँसेका यात्रुहरुको उद्धारका लागि हेलिकोप्टर तथा डुंगाहरुको प्रयोग गरिएको छ।

भीषण वर्षाले मुम्बईको जनजीवन प्रभावित भएको छ। अहिले पनि जारी वर्षाको गति बढीरहेको अधिकारीहरुले जनाएका छन्। शनिबार दिउँसो २१९ मिलीमिटर वर्षा भएको छ।

भीषणा वर्षापछि शनिबार बिहान छत्रपति शिवाजी इन्टरनेशनल एयरपोर्टबाट हुनुपर्ने थुप्रै उडान रद्ध भएका छन्।

त्यहाँको मौसम विभागले आगामी २४ घण्टाका लागि रायगढ, सिंधुदुर्ग र रत्नागिरीलगायतका क्षेत्रका लागि पहेँलो रंगको सतर्कता जारी गरेको छ। मुम्बई, नवी मुम्बई, ठाणे, पालघरमा आइतबारका लागि उच्च सतर्कताको लागि रेड अलर्ट जारी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।