बुधबार, साउन २७, २०८३

रेकर्ड तोड्दै मलिंगाले लिए बिदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- श्रीलंकाका दिग्गज तिब्र गतिका बलर लासिथ मलिंगाले शुक्रबार बंगलादेशविरुद्धको खेल खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै मलिंगाले सन्यास लिएका हुन् । 

मलिंगाले अन्तिम  खेलमा बंगलादेशविरुद्ध ९.४ ओभर बलिङ गर्दै ३८ रन खर्चे । जहाँ उनले तीन विकेट समेत लिए । आफ्नो एकदिवसीय करियरको अन्तिम खेलमा तीन विकेट लिएसँगै उनले भारतीय दिग्गज लेग स्पिनर अनिल कुंबलेलाई पछि पारेका हुन् । 
Image result for malinga
मलिंगाले आफ्जनो एकदिवसीय क्रिमकेट जिवमा ३३८ विकेट लिए । जहाँ अनिलले ३३७ विकेट लिएका छन् । मलिंगा एकदिवसीय क्रिकेटमा विश्वकै सर्वाधिक विकेट लिने खेलाडीको नवौं स्थानमा छन् । त्यस्तै श्रीलंकाको तेस्रो स्थानमा छन् । 

आफ्नो १५ वर्षीय एकदिवसीय क्रिकेटमा उनले २२६ खेल खेल्दै यो उपलब्धी हात पारे । श्रीलंकाका लागि मुथैया मुरलीधर ५३४ विकेट लिँदै पहिलो स्थानमा छन् भने चामिन्डा वास ३९९ विकेट लिँदै दोस्रो स्थानमा छन् । 

३५ वर्षीय मलिंगाले आफ्नो क्रिकेट करियाका सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ८१७ विकेट लिएका छन् । उनले एकदिवसीयमा ३३८ विकेट लिदाँ टी–२० ३७८ र टेस्टमा १०१ विकेट लिएका छन् । 
Related image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।