बुधबार, साउन २७, २०८३

सडकमा बेथिति : ठेक्का म्याद सकियो, काम भएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशीत अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई प्रामिकतामा राखेका छन्।

नागरिक दैनिकले सडकमा बेथिति : ठेक्का सकियो, काम भएन शिर्षकको समाचारलाई प्राथमिकता दिएको छ भने नयाँ पत्रिकाले आफैंलाई सच्याउँदै प्रधानमन्त्री शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ। कान्तिपुरले चीनका १५ विमानस्थलमा पहुँच शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ भने अन्नपूर्ण पोष्टले समेत यसै समाचारलाई प्राथमिकता दिएको छ। 

नागरिक दैनिक सडकमा बेथिति ः ठेक्का म्याद सकियो, काम भएन शिर्षकको समाचारमा लेख्छ, कतै माटोका थुप्रा त कतै ठूलाठूला भ्वाङ, कतै खाल्डाखुल्डी, कतै हिलो, कतै जलमग्न, कतै अतिक्रमण, कतै छरपस्ट निर्माण सामग्री। चाबहिल–साँखु सडक, कपन सडक, टोखा सडक, जोरपाटी–सुन्दरीजल सडक, त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक, सितापाइला सडक, बालाजुलगायत उपत्यकाका विभिन्न सडकको दुर्दशा हो यो। यसैले लथालिंग अवस्थामा छन् उपत्यकाका सडक।

सडक व्यवस्थित गर्न कसैको इमानदार प्रयास देखिदैन। राज्यका संयन्त्रहरु कमिसनको चक्करमा पर्दा सडकको अवस्था बिग्रँदै गएको हो। सम्बन्धित सरकारी अधिकारी कमिसन मोहमा नपर्दा हुन् त बेलैमा काम नगरेर सडकलाई धराप बनाउने ठेकेदार कारबाहीमा पर्थे। कामले गति लिन्थ्यो। राज्यको सम्पत्ति पनि जोगिन्थ्यो। नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाउँथे। उपत्यकाको सौन्दर्य पनि गुम्दैनथ्यो। 

यस्तै कान्तिपुर र अन्नपूर्णले चीनमा नेपाली विमानलाई १५ विमानस्थलमा सेवा प्रदान गर्न प्राप्त गरेको सुविधालाई मुख्य समाचार बनाएका छन्। 

कान्तिपुर लेख्छ, नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ। थपिएका आठवटा विमानस्थलको नाम तोकिएको छैन। 

बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनियाँ पक्षले नेपाल एयरलाइन्सलाई बैइजिङ, सांघई, ल्हासा, ग्वाङ्झाउ, कुन्मिङ, छेन्दु र सिआनमा उडान भर्नुका साथै अन्य आठवटा गन्तव्य आफैं रोज्ने स्वतन्त्रता दिएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।