बुधबार, साउन २७, २०८३

तीन इन्जिनियरविरुद्ध विशेषमा मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत, शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरी र शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका इन्जिनियर दिपेन्द्र कुमार देवलविरुद्ध मुद्दा दर्ता गरेको छ।

भवन निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने भन्दै  सेवाग्राहीसँग एकलाख पचास हजार घुस लिएको सूचना पाएपछि आयोगको टङ्गालबाट खटिई गएको टोलीले  राष्ट्रिय वाणिज्य बैङ्क बनेपाबाटै उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो एक लाख पचास हजार  तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को घ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।