बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारपछि पूर्व राजाको दाबी : ‘रअ’ का प्रमुखलाई भेटेको छैन

सरकारपछि पूर्व राजाको दाबी : ‘रअ’ का प्रमुखलाई भेटेको छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले रअका प्रमुखलाई नभेटेको दाबी गरे। उनले मिडियाले यो विषयलाई अतिरञ्जित गराएको तर प्रधानमन्त्री र रअका प्रमुख बीच भेट नै नभएको दाबी गरे। उनले प्रमाण ल्याउन समेत चुनौति दिए। 

सञ्चारमन्त्रीको भनाइपछि पूर्व राजा ज्ञानेन्द्र शाहले समेत आफूले रअका प्रमुखलाई नभेटेको दाबी गरे। पूर्व राजा शाहका सचिव डा फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेका हुन्।

पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु। यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।