धनगढी - कैलालीको अत्तरियास्थित खप्तड होटल रेष्टुरेन्ट एण्ड लजबाट ९ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको टोलीले ९ जनालाई पक्राउ गरेको जनाएको छ।
उनीहरुको साथाबाट दुई लाख ३१ हजार आठ सय ३० रुपैयाँ नगद बरामद गरीएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय डवल खड्का, ४२ वर्षीय लोकेन्द्र सिंह साउँद , ४० वर्षीय नवराज भट्ट, ४२ वर्षीय बेनु प्रसाद खरेल, ३५ वर्षीय सन्तोष चन्द, २६ वर्षीय राम बहादुर सिंह, ३३ वर्षीय धिरज भन्ने धिरेन्द्र बहादुर चन्द, ३२ वर्षीय सन्जु राना, र ३० वर्षीय राम दत्त जोशी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारबाही गरीने प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४