काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवाका लागि आगामी अक्टोबरमा बाटो खुलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को हालै सम्पन्न साधारणसभाले नेपालको निर्वाचन प्रक्रिया पूरा भए निलम्बन फुकुवा गर्न बोर्डलाई म्याण्डेट दिएको छ ।
त्यसका लागि नेपाल क्रिकेट संघको जिल्ला, प्रदेशसँगै केन्द्रको चुनावी प्रक्रिया भने पूरा गर्ने पर्नेछ । नेपालका ३९ जिल्लमा रहेका जिल्ला संघ मध्ये ३७ जिल्लाको चुनाव भने सम्पन्न भइसकेको छ । तर, केही बिबादका कारण काठमाडौं, बाँके र पर्साको चुनाव भने हुन सकेको छैन् ।
काठमाडौं जिल्ला संघको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । तर अन्तरिम आदेश नदिएकाले चुनावी प्रक्रिया अगाडि बढ्नसक्छ । त्यस्तै पर्सामा सदस्यता विवाद र बाँकेको विवाद अदालतमा छ ।
त्यसो भएमा निर्वाचन क्यानले नयाँ कार्यसमितिले कार्यभार हस्तान्तरण गरेपछि अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्नसक्नेछ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४