बुधबार, साउन २७, २०८३

सुत्केरीको मृत्यु भएपछि गल्छी-त्रिशुली सडक ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नुवाकोट- नुवाकोटको त्रिशुली अस्पतालमा चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले गल्छी-त्रिशुली सडक बन्द गरेका छन् ।

नुवाकोट बेल्कोटगढी–७ महादेवफाँटका स्थानीयबासी भेला भई महिलाको घर नजिकै सडकमा टायर बालेर गल्छी–त्रिशुली सडक बन्द गरेका हुन् ।

बिहीबार ३५ वर्षीय गोमा बस्ती सुत्केरी भई अस्पतालले थप उपचारका लागि शिशुलाई काठमाडौं पठाए पनि आमा सामान्य छन् भन्दै अस्पताल मै राखेको थियो । अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपुर्ण तवरले अस्पताल मै राखेको कारण उनको मृत्यु भएको स्थानीयको आरोप छ । 

बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन्। सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण बिहीबार उनको मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले जानकारी दिए। 

अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्‌याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए। नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौँ पठाएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।