बुधबार, साउन २७, २०८३

दर्जन ठाउँमा पहिरो खसेपछि धरान–धनकुटा सडक ठप्प 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनकुटा– अविरल वर्षासँगै आएको पहिरोका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । 

शुक्रबार बिहान करिब ४ बजे गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ । 

बुधबार रातिदेखि परेको वर्षाका कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन बिहानैबाट डोजर प्रयोग गरिएको छ ।

सडक अवरुद्ध हुँदा तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरका लागि हिंडेका कयौं सवारीसाधन बाटोमा नै अलपत्र परेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।