मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तको पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ। अझै ३० जना वेपत्ता रहेका छन्।

मङ्गलबार राती ९.२० बजे सो क्षेत्रमा पहिरो खसेकाले २१ ओटा घर डुबानमा परेको  र ५० भन्दा बढी मानिस त्यहाँ फसेको उद्धारकर्ताहरूले जानकारी दिएका छन्।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन्। उद्धार गरिएका व्यक्तिको अस्पतालका उपचार भइरहेको छ।

२. अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ । 

तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन्। 

अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताए।

‘गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो, घटनास्थलमा तालिवान लडाकूहरुको भेला चलिरहेको थियो।’ उनले भने।

३. उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

बयानब्बे बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वा्चित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए। उनी हाल सत्तामा रहेका बेलायतकी महारानी पछि सबैभन्दा पाका राष्ट्रप्रमुख थिए।

लामो समयसम्म सत्तामा रहँदै आएका दर्जनौँ अरबेली तथा अफ्रिकी नेताहरूलाई सन् २०११ अरब मुलुकहरूमा भएको जनआन्दोलनको बलमा अभियानकै रूपमा सत्ताच्युत गरिएको थियो। 

४. उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन्। बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो।

५. चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गर्नुभएको थियो। 

तर रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १० अर्ब डलरको उक्त परियोजना बिहीबारदेखि विधिवत रुपमा शुरु भएको हो। 

यो रेलमार्गले थाइल्यान्डसँगको सीमा नजिकको उत्तरपूर्वी मलेसियालाई पश्चिमको प्रमुख बन्दरगाह शहर मलक्कालाई जोड्नेछ। 

मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले रेल निर्माणको शिलान्यास गर्दै यस परियोजनाले मलेसियाको पूर्वी क्षेत्रका ग्रामीण इलाकाको सार्वजनिक यातायातमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे। 

६. चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।    

स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ। अझै ३० जना वेपत्ता रहेका छन्। 

मङ्गलबार राती ९.२० बजे सो क्षेत्रमा पहिरो खसेकाले २१ ओटा घर डुबानमा परेको  र ५० भन्दा बढी मानिस त्यहाँ फसेको उद्धारकर्ताहरूले जानकारी दिएका छन्। 

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन्। उद्धार गरिएका व्यक्तिको अस्पतालका उपचार भइरहेको छ।

७. चीन–अमेरिका उच्चस्तरीय व्यापारिक परामर्शको १२ औं श्रृंखला चीनमा आयोजना हुने भएको छ। यही जुलाईको ३० र ३१ मा वाणिज्य राजधानी सांघाईमा उक्त परामर्श बैठक सम्पन्न हुने चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ।

८. जनतान्त्रिक गणतन्त्र कोरियाले आफ्नो पूर्वी तटीय सीमा क्षेत्रको एक सहरबाट दुईटा क्षेप्यास्त्र परीक्षणस्वरुप प्रक्षपण गरेको खबर बिहीबारका विश्वभरका सञ्चारमाध्यमहरुले प्रकाशन गरेका
छन्।

 ९.  म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुङ्गामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुङ्गा पल्टिएको थियो। 

मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ। 

जीवितै उद्धार गरिएका डुङ्गा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ। 

१०. भारतीय राज्य उत्तराखण्डको उत्तरकाशी क्षेत्रको झण्डै ५५० गाउँमा गत तीन महिनायता एउटै पनि बालिकाको जन्म नभएको तथ्य सार्वजनिक भएको छ। उक्त क्षेत्र लिंग पहिचान गरेर गर्भ पतन गर्ने क्षेत्रका रुपमा बद्नाम भइरहेको अधिकारीहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।