बुधबार, साउन २७, २०८३

मौद्रिक नीतिप्रति के भन्छन् त बैंकर्स ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिले बाणिज्य बैंक तथा लघुवित्त संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहित गरेको छ। यो नीतिले तरलता अभावको समस्या सम्बोधन गर्नका लागि गैर आवासीय नेपालीले पनि मुद्धति निक्षेप राख्न पाउने व्यवस्था गरेको छ। त्यस्तै बैंकको स्प्रेडदर घटाएर ४.४ प्रतिशतमा झार्न एक वर्षको समयावधि तोकिदिएको छ। 

चालू आर्थिक वर्षमा केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिबारे बैंकर तथा व्यवसायीहरुको प्रतिक्रियाः 

गोविन्द ढकाल
अध्यक्ष विकास बैंक संघ


मौद्रिक नीतिले विकास बैंकलाई कुनै असर पार्ने देखिंदैन। मर्जरमा जानको लागि विकास बैंकलाई न प्रोत्साहन छ, न रोकेको नै छ। नेपालमा जम्मा २५ वटा मात्र विकास बैंक भएकोले यसका लागि केन्द्रीय बैंकले केही भनेको छैन। हामीले दिएका केही सुझावहरु लागू भएका छन्। मौद्रिक नीति लागू भएपछि वाणिज्य बैंक र लघुवित्तहरुलाई भने केही राहत हुने देखिन्छ। 

सरोजकाजी तुलाधर
अध्यक्ष, वित्त कम्पनी संघ


वित्तिय स्थायित्वका लागि मौद्रक नीतिको ठूलो भूमिका हुन्छ। बजारमा फोर्स मर्जरको चर्चा चलिरहँदा वाणिज्य बैंकका सञ्चालक र सिईओहरु तनावमा थिए तर,  मौद्रिक नीति आएपछि धेरैलाई राहत भएको छ।
 
मौद्रिक नीतिले निश्चित सेयरहोल्डर अर्को बैंकमा पनि भएमा त्यस्ता बैंकहरु एक आपसमा मर्जको लागि केन्द्रीय बैंकले प्राथमिकता दिने भनेको छ, जुन उचित पनि हो।

वित्तीय क्षेत्रमा तरलता अभाव हुन नदिन विभिन्न उपकरणहरु प्रयोगमा ल्याइएकाले अब विगतमाजस्तो क्रेडिट क्रन्चको अवस्था नआउला। 

फोर्स मर्जर चाहेका थियौं
रामचन्द्र जोशी
अध्यक्ष, लघुवित्त बैंकर्स संघ


राष्ट्र बैंकले ‘फोर्स मर्जर’ को नीति ल्याएर लघुवित्तको संख्या सीमित गर्छ भन्ने अपेक्षा थियो, तर त्यसो भएन।  लघुवित्तलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने त भनियो तर, हाम्रो माग ‘फोर्स मर्जर’ नै थियो। 

अन्य हिसावले मौद्रिक नीति राम्रो छ। त्यस्तै लघुवित्तहरुको कर्जा प्रवाह गर्न सक्ने सीमालाई बढाइएको छ तर, स्रोतको सुनिश्चितता नरहँदा आगामी दिनमा पनि हामीले तरलताको अवस्था भोग्नुपर्छ।

याे पनि पढ्नुहाेस्

मौद्रिक नीति : मर्जरलाई सहुलियत, बाध्यकारी बनाइएन

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।