बुधबार, साउन २७, २०८३

राप्रपाले संगठनहरुको महाधिवेशन बैशाखसम्ममा सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख मसान्तसम्ममा सम्पूर्ण भातृ संगठनहरुको महाधिवेशन सम्पन्न गर्ने भएको छ। 

पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा पार्टीका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले महाधिवेशन बैशाखमै सम्पन्न गर्ने निर्णय गरेको हो। 

यस्तै बैठकले देशका ७५३ वटै स्थानीय तहमा जनवर्गीय संगठनको इकाइ गठन गर्ने, राष्ट्रिय सुरक्षा परिषद विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक, प्रेस काउन्सील विधेयक, गुठी सम्बन्धि विधेयक खारेज गरी सम्बन्धित पक्षहरुसँग आवश्यक परामर्श गरि परिमार्जन गर्न माग गर्ने, भ्रष्टाचार र वेथितीको अन्त्यको माग गर्दै सबै जनवर्गीय संगठनहरुको सहभागितामा सशक्त जनसंघर्षका कार्यक्रम सञ्चालन गर्नें निर्णय समेत गरेको पार्टी प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।