बुधबार, साउन २७, २०८३

'भदौबाट पार्टीको राष्ट्रिय अभियान सञ्चालन हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी भदौबाट पार्टीको राष्ट्रिय अभियान संचालन गर्ने घोषणा गरेका छन्। दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै प्रचण्डले त्यसबारे जनतालाई जानकारी गराउन भदौमा अभियान सञ्चालन गरिने बताए।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले त्यसका लागि आवश्यक योजना तय गर्न साउन महिना भित्रै पार्टी केन्द्रिय समिति र स्थायी समिति बैठक बोलाउने योजना रहेको बताए। 

अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय अभियानको क्रममा पार्टीका नीति तथा कार्यक्रम र सरकारको कामकारबाहीबारे जनतालाई जानकारी गराउने पनि स्पष्ट पारे। उनले सामाजिक न्याय सहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दाबी गर्दै सरकारको काम, कारबाहीलाई अझै प्रभावकारी बनाएर लैजाने संकल्प गर्नुपर्नेमा जोड दिए।

पार्टी एकतालाई सदृढ बनाउन र सरकारको काम, कारबाहीलाई अझ प्रभावकारी बनाउन संकल्प गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वान गरे। नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्नेमा प्रचण्डले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।