बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटनमा खुशीको खबर : विश्वका उत्कृष्ट बाघ गन्तव्यमा बर्दिया, लजमा टाइगर टप्स

पर्यटनमा खुशीको खबर : विश्वका उत्कृष्ट बाघ गन्तव्यमा बर्दिया, लजमा टाइगर टप्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- नेपाल भ्रमण वर्ष २०२० आउन ५ महिना हाराहारी मात्रै बाँकीहुँदा बाघ हेर्न र बस्न नेपाल विश्वको उत्कृष्ठ ठाँउ भनेर विश्वका प्रतिष्ठित पर्यटन प्रकाशनहरुले लेखेका छन्। 

लोन्ली प्लानेटले बाघको उत्कृष्ठ गन्तव्य र ट्राभलरले बस्नको लागि सबैभन्दा राम्रो लज भएको क्षेत्रमा नेपाल समेटेर पर्यटन फिचरहरु लेखेका छन्। 

लोन्ली प्लानेटले विश्वका मुख्य चार बाघ हेर्ने गन्तव्यमा नेपाललाई दोश्रो नम्बरमा सुचिकरण गरेको छ। सन् १९७२ देखि अस्ट्रेलियाबाट संचालित विश्वको प्रसिद्ध पर्यटन प्रकाशन गृह लोन्ली प्लानेटमा जुलाईमा अपलोड भएको सरा रेडको फिचरमा नेपालको बाघ गन्तव्यमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ। 

भारतको मध्यप्रदेश, नेपालको बर्दिया राष्ट्रिय निकुन्ज, बंगलादेशको सुन्दरवन क्षेत्र र रसियाको दुर्मिन्स्कोए आरक्ष विश्वका बाघ हेर्ने सबै भन्दा राम्रा चार गन्तव्य भएको लोन्ली प्लानेटले लेखेको छ। 

२६० चराका प्रजाति, बँदेल, गोही र लङ्गुर जस्ता जिवजन्तुसमेत पाइने बर्दियामा ११० भन्दा धेरै बंगाली बाघ पाउने लोन्ली प्लानेटले उल्लेख गरेको छ। अक्टोबरदेखि मार्चको जाडोको समयमा घाम ताप्न निस्कने बाघहरुलाई जंगल सफारीबाट सहजै देखिने लोन्ली प्लानेटले लेखेको छ।

यस्तै ट्राभलरले सन् २०१९ मा बस्नको लागि उत्कृष्ठ १९ गन्तव्यमा नेपाललाई समेटेको छ। चितवनको टाइगर टप्स थारु लजलाई विश्वका सबैभन्दा राम्रा १९ वटा बस्ने लजमा अस्ट्रेलियाको चर्चित पर्यटन पोर्टल ट्राभलरले समेटेको छ।

नेपालको चितवन राष्ट्रिय निकुन्जमा इथिकल हात्ति सफारी यही लजले सुरुवात गरेको भन्दै टाइगर टप्स थारु लजको ट्राभालरले प्रसंशा गरेको छ। 

सिंगापुरको सेन्तोसास्थित द आउटपोस्ट होटल, स्पनेको बार्सिलोनमा रहेको होटल क्लारिस, हङ्कङ्को द ल्यान्डमार्क मन्दारिन ओरियन्टल जस्ता होटलहरुकै सूचीमा ट्राभलरले नेपालको टाइगर टप्ल थारु लजको बसाई उत्कृष्ठ हुने उल्लेख गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।