बुधबार, साउन २७, २०८३

ओडारमा लुकाइ राखेको १६ किलो सुन बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गोरखामा ओडारमा लुकाइ राखेको १६ किलो सुन बरामद भएको छ। धार्चे गाउँपालिका खोर्लाबेसीको एक ओडारमा लुकाइ राखेको १६ किलो सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ।

मनास्लु पदमार्ग नजिकै ब्यापारी धनकमल गुरुङले ओडारमुनि लुकाइ राखेको सुन प्रहरीले बिहीबार बरामद गरेको हो । उनी सुन लुकाएर फरार भएका थिए। 

खच्चडमा सुन ल्याउँदै गर्दा लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएका थिए। पक्राउ परेका लुटेराले धनकमलले सुन ल्याएको बताएपछि फरार रहेका उनको खोजी प्रहरीले तिब्र पारेको थियो। धनकमललाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरी सुन लुकाएको ठाउँ देखाउन लगाउँदा सुन बरामद गरिएको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।