बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजदूतहरुको ट्वीप्लोमेसी : पुरीको ‘फलोइङ’ मा नेपाली छैनन् 

राजदूतहरुको ट्वीप्लोमेसी : पुरीको ‘फलोइङ’ मा नेपाली छैनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गत साता भारतबाट प्रकाशन हुने दैनिक ‘हिन्दुस्तान टाइम्स’ मा भारतीय राजदूत मञ्जीव पुरीको लेख प्रकाशित भयो– अ लिटल–नोन स्टोरी अफ नेपाल्स् सिख कनेक्सन्। 

राजदूत पुरीले ट्वीटरमा लिंक राखेपछि उक्त लेखले ह्वात्तै चर्चा पायो र प्रशंशित पनि भयो । अचेल ट्वीटरलाई पनि कुटनीतिको एउटा माध्यमका रुपमा प्रयोग गर्न थालिएको छ । त्यसैले हरेक देशका राजदूत, कुटनीतिज्ञ, नेतालाई ट्वीटरमा सक्रिय देख्न पाइन्छ । 

जुन १६ (१ असार) देखि सञ्चालनमा आएको राजदूत पुरीको ट्वीटर अकाउण्ट @ambmanjeevpuri बाट ९ साउन दिउँसोसम्म १३ वटा ट्वीट गरिएको छ। उनले पाँच जनालाई फलो गरेका छन् भने उनलाई फलो गर्नेको संख्या ९७९ छ ।

रोचक त के छ भने पुरीले फलो गरेका पाँच जनामध्ये एक जना पनि नेपाली व्यक्ति/संस्था छैनन्।  पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईवटा अकाउण्ट, भारतकै विदेश मन्त्री एस जयशंकर, विदेशमन्त्रालयका प्रवक्ता रविस कुमार र भारतीय दूतावासलाई मात्र फलो गरेका छन्।

तर, राजदूत पुरीलाई भने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायत सांसद तथा नेताहरुले फलो गरेका छन्। उनको यो अकाउण्टका फलोअरमा अधिकांश नेपाली नै छन् । 

अहिले विश्वका धेरै नेता, राष्ट्र/सरकार प्रमुखहरु ट्वीटरमा सक्रिय देखिन्छन् । ट्वीटरमा अत्यधिक सक्रिय र उत्तिकै आलोचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दैनिक जसो ट्विट गरिरहेका हुन्छन् । 
 

सामाजिक सञ्जालमा सक्रिय कुटनीतिज्ञ र नेताहरुले ट्वीटरलाई पनि कुटनीतिको एउटा माध्यमका रुपमा उपयोग गरिरहेका छन् ।


भारतीय प्रधानमन्त्री मोदीले सन्दर्भ अनुसार विभिन्न देशका भाषामा ट्वीट गरेर ट्वीप्लोमेसीलाई अगाडि बढाएका छन् । जस्तो नेपालका प्रधानमन्त्री ओलीका ट्वीटमा समेत मेन्सन र रिट्वीट गर्नु पर्दा उनको अकाउण्टबाट नेपाली भाषामा ट्वीट भएको देखिन्छ । 

तर चिनियाँ राष्ट्रपति सी चिनफिङको भने ट्वीटर अकाउण्ट छैन । चीनमा ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जाल प्रतिबन्धित छन् । तर, चिनियाँको आफ्नै सामाजिक सञ्जाल वी–च्याट त्यहाँ लोकप्रिय छ । 

त्यती हुँदा हुँदै पनि सरकारी स्वामित्वका चिनियाँ सञ्चारमाध्यमहरु ट्वीटरमा सक्रिय रहेको देख्न सकिन्छ । विदेशका समाचार र सूचनामा चासो राख्ने र विदेशसँग जोडिन चाहने चिनियाँ नागरिकहरु पनि ‘भर्चुअल प्राइभेट नेटवर्क– भीपीएन’ बाटै भए पनि ट्विटरमा जोडिएका हुन्छन् ।

राष्ट्रपति सी ट्वीटरमा नभए पनि विभिन्न देशमा रहेका चिनियाँ राजदूतहरु भने ट्वीटरमा सक्रिय छन् । 

भारतीय राजदूत पुरी नयाँ अकाउण्टबाट सक्रिय भएको चार दिन पछि अर्थात ५ असारमा चिनियाँ राजदूत होउ यान्छीले पनि आफ्नो ट्वीटर खाता  @PRCAmbNepal सञ्चालनमा ल्याइन्।  ९ साउन दिउँसोसम्म १० वटा ट्वीट गरेकी होउ यान्छीले १८ जनालाई फलो गरेकी छन् भने उनका फलोअरको संख्या ४ हजार ३१ पुगिसकेको छ । 

रादजूत होउले प्रधानमन्त्री केपी शर्मा ओलीका दुईवटा, कांग्रेस सभापति शेरबहादुर देउवाका दुईवटा अकाउण्ट फलो गरेकी छन्। त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि उनले फलो गरेकी छन् । उनले फलो गरेका १८ जनामध्ये पाँचजना नेपाली छन् । त्यसबाहेक उनले चिनियाँ तथा अन्तर्राष्ट्रिय मिडिया र संस्थाहरुलाई फलो गरेकी छन्।

अमेरिकी राजदूत र्‍यान्डी बेरी भने अक्टुबर २०१५ मा खोलिएको दूतावासको खाता @USAmbNepal बाटै सक्रिय छन्। १९७ जनालाई फलो गरिएको यो अकाउण्टमा फलोअरको संख्या १ लाख ६७ हजार ४०० छ।  अहिलेसम्म १ हजार २१८ वटा ट्वीट गरिसकेका राजदूत बेरीले ट्वीटरमार्फत ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम पनि चलाउँदै आएका छन्। 

विदेशी राजदूत आफ्नो कुटनीतिक मर्यादाभन्दा बाहिर गएर कार्यक्रम सञ्चालन गरेको भन्दै यो कार्यक्रमको सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो।  त्यस्तै नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिस @Richard_Nepal र अन्य युरोपेली देशका राजदूतहरु पनि ट्वीटरमा सक्रिय छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।