बुधबार, साउन २७, २०८३

लमजुङमा बाढीले घर बगाउँदा ४ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

लमजुङ- जिल्लाको दोर्दी गाउँपालिकामा आएको बाढीले एक घर बगाउँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो स्थानीय दाेर्दी खोलामा आएको बाढीले ४ जनाको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । 

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार बाढीले घर बगाएकाे समाचार आएपछि राहत तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल तर्फ गइसकेको छ ।

त्यस्तै प्रहरी टोली पनि दोर्दी गाउँपालिकातर्फ गएको छ । घटनाकाे विस्तृत विवरण आइसकेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार घटनास्थलमा ४ जनाको शव फेला परेको स्थानीयले खबर गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।