बुधबार, साउन २७, २०८३

नदीमा डुबेर २ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कैलालीमा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका-६ गुलरा भएर बग्ने चरेला नदीमा डुबेर १५ वर्षीया  कल्पना चौधरीको ज्यान गएको छ।

यस्तै सुक्तिकाँडा नदीको नहरमा नुहाउने क्रममा एक बालकको डुबेर मुत्यु भएको छ। घोडाघोडी नगरपालिका -१ बेलारगाउँको रजबढुवा नहरमा डुबेर १६ वर्षीय नवराज न्यौपानेको मुत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए। 

दिउँसो ४ बजे तिर साथीहरुसँग नुहाउने क्रममा नहरमा डुबेर उनको मुत्यु भएको बताइएको छ। दैलेख जिल्ला चामुण्डा बिन्दासैनी नगरपालिका-८ बस्ने नारायण न्यौपाकाने छोरा नवराज न्यौपाने फुपुलाई भेट्न केही दिन अघि कैलाली आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।