बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माता छविराज र नायिका शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

निर्माता छविराज र नायिका शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंले निर्माता ओझा र नायिका पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न पूर्जी जारी भएको हो।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले छविकी जेठी श्रीमती हेमा ओझाले छविविरूद्ध महानगरीय  प्रहरी परिसर गौशालामा बहुविवाहको उजुरी दिएपछि पक्राउ पूर्जी जारी गरिएको बताए। उनले ओझा र पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी बोगटीले बताए। 

पक्राउ पूर्जी जारी भएपछि दुवैको खोजि भैरहेको बोगटीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।