बुधबार, साउन २७, २०८३

नेकपा विवाद : पोखरेललाई बालुवाटार तगारो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- नेकपा भित्रको स्कूल विभाग विवाद प्रकरणमा माधव नेपालको दुबै हातमा लड्डु देखिएको छ। जिल्ला इन्चार्ज र सह इन्चार्ज तोक्दासमेत नेपाल पक्षको संख्या ठूलो छ। 

अहिले नेकपाभित्रको स्कुल  विभाग विवाद प्रकारणमा पनि सचिवालय सदस्य ईश्वर पोखरेल र नारायाणकाजी श्रेष्ठबीच ताना तान देखिएपछि अरु दुई दाबेदार थपिएका छन्।

पार्टी स्थायी समितिका सदस्यहरु घनश्याम भुसाल र बेदुराम भुसालले सो विभाग आफुहरुले पाउनु पर्ने दावी गरेका छन् । नयाँ थपिएका यि दुबै नेताहरु माधव नेपाल निकट मानिन्छन् । सचिवलाय सदस्य वामदेव गौतमले पोखरेलाई कुनै हालतमा सो विभाग दिन नहुने भन्दै लबिङ थालेका छन् ।

यदि पोखरेलाई छोडेर बाँकी तीन नेतामध्ये जसलाई दिए पनि उनीहरु सबै माधव नेपाल निकट हुन् ।


व्यक्तिगत हिसावमा नाराणकाजी श्रेष्ठ र माधव नेपालबीचको 'प्रेम' लामो समयदेखिको हो । 

यसैकारण कतै बिदेश जानुपर्दा नेपालले प्रायजसो श्रेष्ठलाई सँगै लाने गरेका छन् अर्का नेता बेदुराम भुसाल त माधव नेपालका निकै नजिकका नेता हुन् ।

घनश्याम भुसाल पछिल्लो समयमा प्रचण्ड निकट देखिए पनि उनी पनि नेपाल गुटका नेता हुन् ।

यसैबीच प्रधानमन्त्री कार्यलय भित्रैबाट पोखरेलाई सचिवालय सदस्य नदिनका लागि लबिङ शुरु भएको छ।

बालुवाटार स्रोतका अनुसार बेदुराम भुसाललाई लिएर प्रधानमन्त्री ओलीसमेत सकारात्मक छन् ।
नेकपा नेताहरुबीच यसअघि पोखरेललाई सो विभाग दिने सहमति भएको भए पनि विवादमा परेपछि अनेक बिकल्पको खोजी भएको हो ।


पार्टी एकीकरण हुँदा राजनीतिक दस्तावेजलाई माधवकुमार नेपाल र नाराणकाजी श्रेष्ठले अन्तिम रुप दिएका थिए। त्यसैले स्कूल विभाग श्रेष्ठले पाउनुपर्ने लबिङ पनि त्यतिकै छ। 

प्रधानमन्त्री केपी ओलीका आलोचक मानिएका बेदुरामलाई सो विभाग दिए एकजना विरोधीलाई समर्थक बनाउन सकिने योजना बालुवाटारले अघि सारेको स्रोतले बतायो।

भुसाललाई सो बिभाग दिएमा सरकार र पार्टी नेतृत्वको आलोचनाका साटो समर्थन बढ्ने आशामा उनलाई सो विभाग दिनसक्ने बुझिएको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।