बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबान पीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेश गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बाढी, पीडित र डुबान पीडितको राहत, उद्धार र पुनर्स्थापनाकालागि प्रतिनिधिसभाको बुधबारबाट सूरु भएको बैठकमा सो प्रस्ताव पेश गरेका हुन्।

बाढी, पहिरो र डुबान पीडितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राष्ट्रिय सहमति जुटाउन संसदमा सो प्रस्ताव पेश गर्नु परेको पनि कांग्रेस नेता रिजालले स्पष्ट पारे। उनले जनतालाई राहत, उद्धार र पुनर्स्थापनाको उचित व्यवस्था गर्न पनि सरकार र प्रतिपक्षी दलहरुले मिलेर काम गर्नुपर्ने स्पष्ट पारे।

सरकार एक्लैले सो विपत्तिको सामना गर्न नसक्ने भएकाले पनि संसदमा सो विषयमा छलफल गरेर अघि बढन आफूले सो प्रस्ताव पेश गरेको उनले बताए। पीडामा परेका जनतालाई साथ दिन संसदबाटै सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढ्ने संकल्प गर्नुपर्ने धारणा रिजालले राखे।

उनले राहत र उद्धारमा सरकारले हालसम्म गरेका कामको जानकारी संसदलाई गराउन पनि गृहमन्त्री रामबहादुर थापासँग माग गरे। 

नेता रिजालले पेश गरेको सो प्रस्तावमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले समर्थन जनाएका छन्। 

गत असार २७ गतेबाट सुरु भएको ३ दिनसम्मको अविरल वर्षाका कारण देशका विभिन्न भागमा सय भन्दा बढिको ज्यान गएको थियो भने अर्बौको धनजनको क्षति भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।