बिहीबार, वैशाख ३, २०८३

मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तरगत आफ्नो दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय पारी खेलेपछि नेपालले मलेसियालाई सहजै ७ विकेटले पराजित गरेको हो । 

मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा मात्र तीन विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान मल्लले ५१ रनको अर्धशतकीय पारी खेले । उनले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

त्यस्तै विनोद भण्डारीले अविजित १३ रन जोड्दा शरद भेषावकरले ३ रन जोडे । अर्का ओपनर ब्याट्सम्यान प्रदिप ऐरीले १२ र दिपेन्द्र सिंह ऐरी २ रनमा पेभिलियन फर्किए । मलेसियाका लागि मुहम्मद साहदतले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाउँदै ८४ रनको लक्ष्य सुम्पेको थियो । वर्षाका कारण प्रभावित भएको खेल निर्धारित समयमा सुचारु हुन नसकेपछि खेललाई ९ ओभरमा छोट्याइएको थियो । मलेसियाका लागि सयद अजिजले सर्वाधिक ३० रन जोडे । उनले मात्र १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेका हुन् । 

त्यस्तै विरन्दीप सिंहले १७ बलमा १ चौका र १ छक्का सहित २१ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।

ओपनर ब्याट्सम्यान अन्वर अरुदिन र शाफिक शारिफ शुन्य रनमा पेभिलियन फर्किए । अमिनुद्दीन रामली ५, मुहम्मद साहदत १ र कप्तान अहमेद फाइज ९ रनमा पेभिलियन फर्किए । शर्विन मुनियन्दी ८ र फित्री शाम ३ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै २३ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करन केसीले समान एक एक विकेट लिए । नियमीत कप्तान पारस खड्कालाई भने ढाडको चोटका कारण यस खेलमा विश्राम दिइएको थियाे । 

यस जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई खेल खेलेका नेपाल एक खेलमा जित र एक खेलमा हार सहित दुई अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । समान खेल खेलेको आयोजक टोली सिंगापुर तीन अंक सहित शीर्ष स्थानमा छ ।

मलेसिया एकमा जित र एकमा हार सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि मलेसिया रन रेटका आधारमा दोस्रो स्थानमा रहेको हो । दुई खेलेमा दुई अंक सहित कतार चौथो र दुई खेलमा एक अंक जोडेको कुवेत पाँचौ स्थानमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।