शनिबार, असोज १०, २०८३

नेपाललाई ८४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य पाएको छ । जित्नै पर्ने दबबामा रहेको नेपाललाई मलेसियाले ९ ओभरमा ७ विकेट गुमाउँदै ८४ रनको लक्ष्य सुम्पेको हो । 

वर्षाका कारण प्रभावित भएको खेल निर्धारित समयमा सुचारु हुन नसके पछि खेललाई ९ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाका लागि सयद अजिजले सर्वाधिक ३० रन जोडे । उनले मात्र १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेका हुन् । 

त्यस्तै विरन्दीप सिंहले १७ बलमा १ चौका र १ छक्का सहित २१ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यान अन्वर अरुदिन र शाफिक शारिफ शून्य रनमा पेभिलियन फर्किए । 

अमिनुद्दीन रामली ५, मुहम्मद साहदत १ र कप्तान अहमेद फाइज ९ रन बनाएर पेभिलियन फर्किए । शर्विन मुनियन्दी ८ र फित्री शाम ३ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै २३ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करन केसीले समान एक एक विकेट लिए । 

नियमित कप्तान पारस खड्कालाई भने ढाडको चोटका कारण यस खेलमा विश्राम दिइएको छ । उनलाई कतारसँगको खेलमा ढाडमा चोट लागेकाे थियाे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।