शनिबार, असोज १०, २०८३

मलेसियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आइसिसी टी-२० विश्वकप एसिया श्रेत्रिय छनोटका लागि सिंगापुरमा रहेको नेपाली टोली यटिबेला दबाबमा छ । छनोट अन्तरगत आफ्नो पहिलो खेलमा पराजय भोगेसँगै नेपाल अर्को चरण अर्थात ग्लोबल छनोटमा स्थान बनाउनका लागि दबाबमा रहेको हो । 

जसका लागि नेपालले अब बाँकी सबै खेल जित्नै पर्ने छ । पहिलो खेलमा लो-स्कोरिङका कारण पराजय भोगेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्दै । आज (बुधबार) नेपालले छनोटमा आफ्नो दोस्रो खलमा मलेसियासँग खेल्न लागेको हो । 

नेपालले यस खेलमा जित निकाल्दै आफ्नो दोस्रो चराण्को यात्रालाई सहज बनाउनु पर्ने छ । कमजोर मानिएको कतारसँग ४ विकेटले पराजत भएसँगै नेपाल अर्को चरण यात्राका लागि संकाको घरेरामा रहेको छ । 

यस छनोट अघि मलेसियासँग दुई खेलको सिरिज खेलेको नेपालले उच्च बनोबलमा साथ मैदान उत्रिने अनुमान गरिएको छ । उक्त सिरिज नेपालले क्लिनस्वीप गर्दै ऐतिहासिक सफलता हात पारेको थियो । हालसम्म नेपाल र मलेसिया टी-२० मा ६ पटक आमने सामने भएका छन् । जहाँ नेपालले ५ खेल जितेको छ भने मात्र एक खेल गुमाएको छ । 

पहिलो पटक सन् २००७ मा कुवेतमा भएको एसीसी टी-२० कपमा नेपालले मलेसियासँग भेट गरेको थियो । उक्त खेलमा नेपालले २१ रनले विजयी हुँदा सन् २००९ को एसीसी टी-२० कपमा नै भएको दोस्रो भेटमा नेपालले ६ विकेटले हार ब्यहर्नु परेको थियो । यो नै मलेसियासँगको टी-२० अन्तर्राष्ट्रियमा नेपालको पहिलो र हालसम्मकै अन्तिम हार पनि हो । 

सन् २०१३ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना भएको एसीसी टी-२० कपमा नेपाल १९ रनले विजयी भएको थियो । सन् २०१८ को विश्व टी-२० एसिया अन्तर रिजनल छनोटमा नेपाल ८ विकेटको विजयी हुँदा पछिल्लो पटक भएको दुई खेलेका सिरिजमा नेपालले क्लिनस्वीप गर्दै एतिहास रच्यो । सिरिजको पहिलो खेलमा ७ विकेट विजयी हुँदा दोस्रो खेलमा नेपाल ६ रनले सिरिज आफ्नो पक्षमा पारेको थियो ।  

प्रतियोगितामा नेपाल एक खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ भने दुई खेल खेलेको आयोजक टोली सिंगापुर तीन अंक सहित शीर्ष स्थानमा छ । त्यस्तै एक खेल खेलेको मलेसिया दुई अंक सहित दोस्रो, दुई खेलेमा दुई अंक सहित कतार तेस्रो र दुई खेलमा एक अंक जोडेको कुवेत चौथो स्थानमा छन् । 

यतिबेला नेपाल र मलेसियाबीचको खेल वर्षका कारण रोकिएको छ । यस खेलमा नेपालले अंक बाढ्नु पर्ने अवस्था सृजना भए अर्को चरणको यात्रा झनै कठिन हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।