बिहीबार, साउन २८, २०८३

गुल्मी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - वर्षाका कारणले गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा पहिरो गई भएको क्षतिप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।

कांग्रेस संसदीय दलले दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरुको खोजी गरी उद्धार गर्न आग्रह गरेको छ। विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनर्स्थापनाको व्यवस्था साथै घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग कांग्रेसले आग्रह गरेको छ।

पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथै मृतकहरुप्रति कांग्रेसले श्रद्धाञ्जली व्यक्त गरेको छ।

सोमबार राति भएको उक्त घटनामा परी करिब दश जनाको मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।