बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको आक्रोस : 'प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्छुं'

ओलीको आक्रोस : 'प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्छुं'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रतिष्ठानका कूलपति समेत रहेका ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने दृढता व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानवीन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए। 

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कूलपति समेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने पनि स्पष्ट पारे। ‘यो छानवीन समिति हो की राजनीतिक ?,’ छानवीन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए। उनले सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए। 

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न पनि निर्देशन दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।