बुधबार, साउन २७, २०८३

डोटीमा वडा कार्यालयमा आगजनी : विप्लवमाथि आशंका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगर वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति भएको आगजनीबाट वडा कार्यालयका सम्पुर्ण सामान जलेर नष्ट भएका छन् । 

वडा अध्यक्ष र सचिव बस्ने दुबै कोठामा रहेका कागजात, कुर्सी टेवल सोफालगायतका सबै सामाग्री जलेर नष्ट भएको गाउँपालिका उपाध्यक्ष जमुना बोहोराले जानकारी दिईन । आगलागी कसले गर्यो भन्ने खुलेको छैन । विप्पव समुहले गरेको हुन सक्ने प्रहरीको आशंका छ । 

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र थापाले कार्यालयमा एक सेट सादा मोवाईल फोन भेटिएको जानकारी दिए । यस्तै कार्यालय नजिक दलालहरु होसियार, भ्रष्टाचारी खबरदार लेखेको पर्चा पनि भेटिएको थापाले जानकारी दिए । 

केही समय पहिले विप्लव समुहले सोही गाउँपालिकाको वडा नम्वर ६ को कार्यालयमा पनि तालाबन्दि गरेको थियो । पछिल्लो समय विप्लव समुहले जनप्रतिनिधिहरुसंग चन्दा माग्ने र नदिएपछि कार्यालय जलाउने गरेको आरोप लाग्ने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।