बुधबार, साउन २७, २०८३

सुत्केरीको उद्धार गरेर फर्किएको बस दैलेखमा पल्टियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविसकोट नगरपालिका–५ शेराबाडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
 
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा आठबिस नगरपालिका–५ मालाचौरीका ३३ की वर्षीया दिर्जा माझी रहेकी छन् । घाइते सबैको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

घुम्ति मोडमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जुम्लाबाट काठमाडौंका लागि छुटेको बस यात्रु लिन दैलेखको मालाचौरतर्फ जाँदै गरेको थियो । मालाचौरमा सुत्केरी बेथा लागेकी एक महिलालाई मेडिकलसम्म पुर्‍याएर यात्रु लिनका लागि पुन: मालाचौरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो ।

९ जना सवार रहेको बस दुर्घटना हुँदा करिव ५०/६० मिटर तल खसेको छ । बसका चालकभने फरार रहेका छन् । बसले च्यापिएर मृत्यु भएकी दिर्जा माझीको शव निकाल्न काठविसकोट नगरपालिकाबाट स्कोभेटर झिकाइएको प्रहरीले जानकारी दिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।